१७ माघ २०७७, शनिबार

एजेन्सी, १७ माघ । सिङ्गापुरको चिडियाखानामा पहिलोपटक कृत्रिम गर्भधारणबाट सिंहको बच्चा जन्मिएको छ ।उक्त डमरु (सिम्बा)ले कहिल्यै उसको बाबु (मुफासा)लाई भेट्न नपाइने बताइएको छ । वृद्ध सिंहलाई गर्भादान प्रक्रियापछि नब्युँताइएको जनाइएको छ । बीबीसीका अनुसार सिम्बा मुफासाको एक्लो छोरो हो। सँधै आक्रोशित रहने गरेको मुफाशाले कहिल्यै गर्भ रहने गरी सहवास गर्न सकेन। जसकारणले चिडियाखानाले विरलै प्रयोग गरिने कृत्रिम प्रक्रियामार्फत् उसको वंश जोगाउने प्रयत्न गरेको जनाइएको छ ।

चिडियाखानाका एकजना प्रवक्ताका अनुसार कृत्रिम तरिकाबाट गर्भधारणका लागि उसको वीर्य ‘इलेक्ट्रो इज्याकुलेशन’ विधिबाट सङ्कलन गरिएको थियो। त्यसपछि आफ्ना जङ्गली दाजुभाइभन्दा ६ देखि १० वर्ष बढि बाँचिसकेको र कमजोर बनेको बूढो २० वर्षे सिंहलाई इच्छामरण गराइएको थियो।

वीर्य सङ्कलन गर्दा बेहोस बनाउने औषधी सुँघाएको बताइएको छ । जसको मुख्य उद्देश्य थियो मृत्युपछि वंश संरक्षण । चिडियाखानाका अनुसार मुफासाको अनुवंश अब सिम्बामा पुगेको छ। त्यसले अफ्रिकी सिंहको सङ्ख्या चिडियाखाना जस्ता संस्थामा संरक्षण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV