१७ माघ २०७७, शनिबार

काठमाडौं, १७ माघ । वन मन्त्री समेत रहेका नेकपा ओली समूहका नेता प्रेम आलेले सुदूरपश्चिमबाट भीम रावलले प्रत्यक्ष चुनाव जिते आफूले राजनीतिबाटै सन्यास लिने घोषणा गर्नुभएको छ ।

शनिबार काठमाडौंमा सुदुरपश्चिम स्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले रावलसंग चूनाव लड्ने हिम्मत नभएको भन्दैै प्रत्यक्ष चूनाव लडेर जिते राजनीतिबाटै सन्यास लिने घोषणा गर्नुभएको हो । उहाँले रावलसंग चूनाव लड्ने कुनै एजेण्डा नै नभएको दावी समेत गर्नुभयो । सुदुरपश्चिमबाट चूनाव लडे हार्ने भएकाले रावल समानुपातिकमा उठ्ने तर्क उहाँको छ ।

मन्त्री आलेले प्रधानमन्त्रीलाई काम गर्न नदिएकै कारण संसद बिघटन गरेर नयाँ निर्वाचनमा जाने निर्णय गरिएको बताउनुभयो । उहाँले सुदुरपश्चिममा साविक नेकपाको खातामा रहेको पैसाको अनियमितता गरेको र त्यही पैसाले प्रचण्ड–नेपाल पक्षले कार्यक्रम गरेको भन्दै रावलसंग हरहिसाव मागिने धारणा राख्नुभयो ।

तस्वीर : महेश्वर के.सी.,

प्रतिक्रिया दिनुहोस्

LIVE TV