१७ माघ २०७७, शनिबार

एजेन्सी , १७ माघ । भारतको उत्तर प्रदेशमा बस र ट्रक ठोक्किँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा परि १५ जनाभन्दा बढि घाइते भएका छन् ।मुरादाबाद आगरा राजमार्ग अन्तर्गतको हुसैनपुर पुलियामा ट्रकले बसलाई ओभर टेक गर्ने क्रममा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरुलाई मुरादाबादका स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि अन्यन्त्र रेफर गरिएको स्थानीय प्रहरीले जनाएको छ । अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको मुरादाबाद प्रहरीले जनाएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई दुई÷दुई लाख भारतीय रुपैयाँ राहत दिने र घाइते भएकालाई जनही ५० हजार भारतीय रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV