१७ माघ २०७७, शनिबार

काठमाडौं, १७ माघ । नेपाली काँंग्रेसका उपसभापति बिमलेन्द्र निधिले खुल्ला प्रतिष्पर्धामा जान सहकारी बैंकलाई सुझाव दिनुभएको छ ।

नेपाल सहकारी बैंक लिमिटेको भेला उद्घाटन गर्दै उपसभापति निधिले मुलुक संघीयतामा गइसकेको अवस्थामा प्रतिष्पर्धामा जान सहकारी बैंकलाई सुझाव दिनुभएको हो ।

उहाँले सहकारीको पहुँच बिस्तारमा समस्या देखिएको भन्दै लक्षित बर्गसम्मको पहुँच बढाउनुपर्नेमा जोड दिनुभयो । निधिले खुल्ला र प्रतिष्पर्धात्कम अर्थनीति भनेपछि व्यवहारमा लागू हुन नसकेको बताउनुभयो । त्यस्तै उहाँले नेपालको आर्थिक क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउन सहकारी क्षेत्रको भूमिका अपरिहार्य रहेको जिकिर गर्नुभयो ।

उहाँले प्रजातन्त्रिक सिद्धान्तसंग सहकारी अभियान आवद्ध रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV