१७ माघ २०७७, शनिबार

एजेन्सी, १७ माघ । जापानको पुलिसले एउटी महिलाले आफ्नो आमाको शव फ्रिजरमा राखेको फेला पारेको छ । आफु बसिरहेकाे फ्याल्टमा आमाको शवलाई फ्रिजरमा राखेको फेला पारेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

४८ वर्षीय युमि योशिनोले दश वर्ष अघि आफ्नी आमालाई मृत भेटेपछि उनको शवलाई फ्रिजरमा राखेको बताएकी छन्। ती महिलाले आमा र आफु बस्दै आएको टोक्योस्थित घर छोड्न मन नलागेर आमाको शव फ्रिजरमा राखेको प्रहरीलाई बताएकी छिन् ।

प्रहरीका अनुसार मृत महिलाको शरिरमा कुनै डाम समेत रहेको छैन । प्रहरीहरुक अनुसार महिलाको निधन भएको समय र कारण पत्ता लागिसकेको छैन ।

भाडा नतिरेका कारण योशिनोलाई घर छोड्न बाध्य बनाएपछि घर सफा गर्ने क्रममा युमिको फ्रिजरमा शव फेला पारेका थिए। ती महिलाको शरीरलाई बङ्ग्याएर फ्रिजरमा कोचिएको पाइएको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV