१७ माघ २०७७, शनिबार

काठमाडाैँ, १७ माघ । ‘खण्डकाव्य त्रयोदश’ सार्वजनिक भएकाे छ ।  शिखा बुक्सले बजारमा ल्याएकाे तेह्रजना कविहरूद्वारा रचित खण्डकाव्यहरूकाे सँगालाे शुक्रबार वाल्मिकी विद्यापीठमा सार्वजनिक गरिएकाे हाे ।

संग्रहमा गोपीकृष्ण शर्मा, प्रा.राजेन्द्र सुवेदी, भुवनहरि सिग्देल, ठाकुरशर्मा भण्डारी, श्रीहरि फुयँल “सिरु”, प्रकाश चापागाईँ, प्रा.डा. जीवन अधिकारी, नारायणप्रसाद पोख्रेल, डा. रामप्रसाद ज्ञवाली, डा. लेखप्रसाद निरौला, डा. देवी नेपाल, रमेश शुभेच्छु, नारायण निरासी तेह्रजना कविहरूद्वारा लिखित विविध शीर्षकका काव्य रहेका छन् ।

सबै कविको कवितामा मौलिक विषयवस्तु रहेको प्रमुख वक्ता महादेव अवस्थीले बताएका छन् । माधव पोख्रेल प्रमुख अथिति र राजेन्द्र सुवेदीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमलाई रमेश शुभेच्छुले सञ्चालन गरेका थिए ।

अन्त्यमा कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै शिखा बुक्सका सञ्चालक पुष्पराव पौडेलले बजारमा पुस्तक पाइने र पुस्तकको मूल्य ५५० रहेको बताए  ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV