१७ माघ २०७७, शनिबार
  • वासु श्रेष्ठ

धादिङ, १७ माघ । विश्व हिन्दु महा संघको केन्द्रिय सदस्यमा समाजसेवी पुष्कर उप्रेती चयन भएका छन् । धादिङ्गको धुनिबेशी नगरपालिका वडा नं ६ नौबिसे निवासी उप्रेती नेपाली काँग्रेसका सक्रिय नेता हुन् । नौबिसको उप्रेती परिवारकाे २००७ सालदेखि नेपाली कांँग्रेसमा सक्रियता रहँदै आएको छ ।

केही समय नेवि संघ कार्यसमिति रहेर समाजसेवा समेत गर्दै आएका पुष्कर योगि आदित्य नाथ प्रमुख संरक्षक रहेको हिन्दू बाहिनी नेपालका उपाध्यक्ष समेत हुन् ।

नेपालमा हिन्दु राष्ट्र आउने तर राजा ज्ञानेन्द्र नआउने उनको तर्क छ । नेपालमा ८० प्रतिशत नेपाली जनता हिन्दू छन् । त्यसको मर्म र भावना अनुसार पनि नेपाल हिन्दु राष्ट्र कायम हुनेमा बिस्वस्त रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV