१६ माघ २०७७, शुक्रबार
  • बासु श्रेष्ठ,

धादिङ, १६ माघ । विद्या स्मृतिले धादिङ जिल्ला धुनिबेशी नगरपालिका–७ खानिखोलास्थित श्री मच्छिन्द्र माध्यमिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

धादिङ्गको धुनिबेशी नगरपालिका–६ घर भई काठमाडौं विश्व विद्यालयमा अध्ययन गरेका बिद्या आचार्यको असामहिक निधन पश्चात् काठमाडौं बिश्व बिद्यालयले बिद्या स्मृति गठन गरेको छ ।

५० प्रतिशत सोही बिश्व बिद्यालय र ५० प्रतिशत अध्ययन गरेको श्री मच्छिन्द्र माध्यामिक बिद्यालयका ३ जना छात्रालाई १४/१४ हजार नगदसहित छात्रवृत्ति प्रदान गरेको हो ।

स्वर्गीय विद्या आचार्यका बुबा बिष्णु आचार्यले आफ्नो छोरीको सम्झनामा कक्षा १० मा अध्यानरत तीन छात्रा बिबिषा भुजेल, कक्षा ९ मा अध्यानरत अञ्जली तामाङ्ग र कक्षा ८ मा अध्यानतत सुनिता उप्रेतीलाई १४/१४ हजार नगदसहित प्रमाण–पत्र वितरण गरेका हुन् ।

विद्या स्मृतिले दिएको पहिलो छात्रवृत्तिले गरीब बिपन्न बर्ग बिद्यार्थीहरुमा ठूलो राहतको महसुस भएको अध्ययनरत छात्रा सुनिता उप्रेतीले बताए ।

बिशेष गरी यस्तो छात्रवृत्तिले सामुदायिक बिद्यालयमा अध्ययनरत गरीब बिपन्न बर्गलाई ठूलो राहत पुग्ने बिश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV