१६ माघ २०७७, शुक्रबार

काठमाडौं, १६ माघ । प्रधान सेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकाका राजदूत -यान्डी डब्लू बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सैनिक मुख्यालय जङ्गीअड्डामा भएको उक्त भेटमा उहाँहरुबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

अमेरिकाले नेपाली सेनालाई प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन कार्यमा संस्थागत क्षमता सुदृढीकरणमा सहयोग पु-याउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV