१६ माघ २०७७, शुक्रबार

काठमाडौं, १६ माघ । दुई विभागीय टिम एपीएफ क्लब र त्रिभूवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनल जित्ने दाबी गरेका छन् ।

फाइनल अघि शुक्रबार आयोजित प्रि–म्याच कन्फरेन्समा दुबै टिमका कप्तानले उपाधिका लागि तयारी अवस्थामा रहेको बताएका छन् ।

शनिबार दुई विभागीय टिम एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब भिड्दै छन् । टियू क्रिकेट मैदानमा हुने बिभागीय खेलशनिबार बिहान ९ बजे सुरु हुनेछ । चौंथो संस्करणको फाइनलमा मैदान उत्रदा एपीएफ र आर्मी उपाधि आफ्नो बनाउने लक्ष्यमा हुनेछ ।

एपीएफका कप्तान शरद भेषवाकर र आर्मीका कप्तान विनोद भण्डारीले उपाधि जित्नेमा आशावादी रहेको बताएका छन् ।

त्यस्तै आर्मीका कप्तान विनोद भण्डारीले आफ्नो टिम सन्तुलित भएकाले उपाधि जित्ने दावी गरे । एपीएफ अपराजित रहदै फाइनल पुगेको हो । समूह चरणमा एपीएफ अपराजित रहने एक्लो टिम हो ।

समूह चरणमा आर्मी एपीएफसँग ६ रनले पराजित भएपनि अन्य खेलमा विजयी भएको थियो । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV