१६ माघ २०७७, शुक्रबार
  • कृष्ण थपलिया

सर्लाही, १६ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले प्रधानमन्त्ती केपी ओलीको सरकार अपराधीको संरक्षक भएको आरोप लगाएका छन् । रातो पासपोर्ट काण्डमा सर्वोच्च अदालतले दोषी ठहर गरेका सर्लाहीका शिवपुजन राय र प्रहरीको ‘फरार सूची’मा रहेका जनमुक्ति सेनाका पूर्वकमान्डर कालिबहादुर खाम जस्ता व्यक्तिलाई उन्मुक्ति दिने सरकारको निर्णयले यसको पुष्टि गरेको कोईरालाको ठहर छ ।

‘प्रधानमन्त्री ओलीले खामलाई बालुवाटारमै भेट्नु र शिवपुज राय जस्ता अदालतले अपाराधी घोषीत गरेकै कारण गत निर्वानमा भाग लिन नपाएका ब्यक्तिलाई पार्टी प्रवेश गराएर उन्मुक्तिको निर्णय गर्नुले वर्तमान सरकार कति कमजोर र अराजक छ, पुष्टि गर्छ कोईरालाले भने ।

साईवर सेना लगाएर जनताको बोल्न पाउने अधिकारमा सरकारले अंकुस लगाएको कोईरालाको आरोप छ । आफ्नो मिहिनेत र पसिनाको मूल्य माग्न राजधानी गएका सर्लाहीका किसानको पक्षमा केहिगर्न नसक्ने वर्तमान सरकार किसान मारा रहेको कोईरालाको आरोप छ ।

प्रतिनिधि सभा विघटन गरेपछि आन्दोलनमा रहेको कांग्रेस ,सर्वोच्च अदालतको निर्णयको प्रतिक्षामा रहेको कोईराले बताए । आफ्ना कार्यकर्तालाई आस्वस्त पार्दै कोईरालाले भने “हामि स्पष्ट छौँ अन्योलमा नपर्नुस् सर्वोच्चको निर्णय हामिलाई मान्य हुन्छ” बैशाख १७ र २७ मा चुनाव गर भनि सर्वोच्चको फैसलाआए त्यो पनि हामिलाई मान्य हुन्छ, उनले भने ।

नेता कोईराला नेपाल महिला संघ सर्लाही क्षेत्र नम्बर ३ ले हरिवनमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमका लागि शुक्रवार सर्लाहीको हरिवन आएका हुन् ।

कार्यक्रममा कांग्रेसका नेताहरू दीपक गिरी, सरिता प्रसाईं, रामकृष्ण यादव, महालक्ष्मी उपाध्याय डिनालगायत नेताको सहभागिता रहेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेस आन्दोलनमा छ । देशभरबाट विरोध गर्ने क्रममा आज हरिवनमा पनि विरोध तथा प्रदर्शन र आमसभा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV