१६ माघ २०७७, शुक्रबार

काठमाडौं, १६ माघ । पूर्व राजा ज्ञानेन्द्र शाहले विश्वकै दोस्रो अग्लो केटू हिमालको सफल आरोहण गरेका नेपाली आरोही निर्मल पूर्जासहितको टोलीलाई बधाई एवं सम्मानभाव प्रकट गर्नुभएको छ ।

पूर्वराजा शाहले शुक्रबार (आज) विज्ञप्ती निकालेर विश्वकै दोस्रो अग्लो केटू हिमालको सफल आरोहण गरेका नेपाली आरोही निर्मल पूर्जासहितको टोलीलाई बधाई एवं सम्मानभाव प्रकट गर्नुभएको हो ।

त्यस्तै, उहाँले नेपाल विश्वका अनेकौं उच्चतम हिमाल र अनेकौं साहसी आरोही तथा पथप्रदर्शक र प्रेरकहरुको मुलुक भएको पनि बताउनुभएको छ ।

साथै, उहाँले नेपाली आरोही पूर्जासहितको टोलीले अहिलेसम्म कोही नपुगेको विश्वकै दोस्रो अग्लो केटू हिमालको सफल आरोहण गरेसँगै नेपाल र नेपालीको प्रतिष्ठामा बृद्धि भएको सुखद् अनुभूति भएको पनि बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV