१६ माघ २०७७, शुक्रबार

काठमाडौं, १६ माघ । शहीद दिवसको अवसर पारेर काठमाडौंको शोभाभगवतीमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानले धर्ना दिएको छ ।

‘शहीदहरुको बलिदानको सम्मान, लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षण र प्रवद्र्धनका लागि’ भन्दै गणेशमान सिंह अध्ययन प्रतिष्ठानले धर्ना कार्यक्रमको आयोजना गरेको हो ।

धर्नामा सहभागीहरुले शोभाभगवतीमा रहेको शहीद दशरथ चन्द र गंगालाल श्रेष्ठको शालिकमा फूलमाला लगाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

धर्नामा नेपाली कांँग्रेसका नेता–कार्यकर्ता सहभागी थिए । धर्नामा कांग्रेसका नेता नवीन्द्रराज जोशीले ओलीको नेतृत्वमा सरकार बनेदेखि नै शहीदहरुको वलिदानबाट प्राप्त उपलब्धिमाथि प्रहार हुन थालेको तर्क गर्नुभयो ।

त्यस्तै उहाँले राज्यको सबै संस्थाहरुमाथि निरन्तर आक्रमण गरेर प्रधानमन्त्री ओलीले राज्य सञ्चालन प्रणाली नै कमजोर बनाएको आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV