१६ माघ २०७७, शुक्रबार

काठमाडौं, १६ माघ । संसद विघटन बिरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूले तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अनेरास्ववियूले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

अनेरास्ववियूद्वारा शुक्रबार घोषित तेस्रो चरणका आन्दोलनका कार्यक्रममा मन्त्रीहरुलाई सार्वजनिक बहिष्कार गर्ने, मन्त्रीहरुका गाडी चल्न नदिनेदेखि प्रधानमन्त्री ओलीलाई विरोधपत्र बुझाउनेलगायत कार्यक्रम तय गरिएको छ ।

घोषित कार्यक्रममा माघ १८ र १९ गते स्थानीय तहको सरकारलाई ज्ञापनपत्र पेश गर्ने, माघ २१ गते क्याम्पस अगाडि चक्काजाम गर्ने, माघ २२ र २३ गते सरकारी नम्बर प्लेटका गाडी चल्न नदिने, माघ २५ गते केपी शर्मा ओलीलाई विरोध पत्र बुझाइने अनेरास्ववियुका सहसंयोजक रञ्जीत तामाङले जानकारी दिनुभयो ।

संसद विघटनको विरोधमा अनेरास्ववियूले पहिलो र दोस्रो चरणको आन्दोलनका क्रममा सडक बहस, बयलगाडा ¥याली, लालटिन जुलुस, व्यंग्यात्मक कार्टुन प्रदर्शनी लगायतका कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV