१६ माघ २०७७, शुक्रबार

काठमाडौं, १६ माघ । नेकपाको दाहाल–नेपाल समूहले निर्वाचन आयोगलाई छलफलका लागि समय सार्न आग्रह गरेको छ ।

आयोगले आज नेकपाका दुबै समूहलाई छलफलका लागि बोलाएको थियो । दाहाल–नेपाल समूहका प्रतिनिधिहरुले अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल काठमाडौंबाहिर रहेकाले उपस्थित हुन नसकेको जानकारी गराएको छ ।

आयोगले नेकपाका दुवै पक्षलाई छलफलका लागि शुक्रबार बोलाएको थियो । दाहाल–नेपाल समूहका नेताहरू लीलामणि पोखरेल, राजेन्द्र पाण्डे र कानून व्यवसायी मुक्ति प्रधान आयोग पुगेर अध्यक्षद्वय उपस्थित हुन नसक्ने जानकारी गराउनुभएको हो ।

दाहाल–नेपाल समूहले आयोगलाई बुझाएको पत्रमा पुनः अरू नै कुनै मिति तोकेर छलफलका लागि बोलाउन आग्रह गरिएको छ । ओली समूहका नेताहरु भने छलफलका लागि आयोगको कार्यालयमा पुगेका थिए ।

आयोगले दुवै पक्षलाई छलफलमा उपस्थित हुन भन्दै माघ १४ गते पत्र पठाएको थियो ।

तस्वीर : महेश्वर के.सी.,

प्रतिक्रिया दिनुहोस्

LIVE TV