१६ माघ २०७७, शुक्रबार

काठमाडाैँ, १६ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले कम्पनीको आईपीओ आज बिहान १० बजे बाँडफाँड भएको हो ।

बैंकको आईपीओमा ५० कित्तासम्म माग गर्ने सबै आवेदकले माग गरे बराबार पाएका छन् भने ६० कित्ता वा सा भन्दा बढी माग गर्ने ४ लाख ९२ हजार ७२० आवेदकले २० कित्ता सेयर पाएको बिक्री प्रबन्धकले जनाएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावली अनुसार बाँडफाँड गर्दा कम्पनीको आईपीओमा ५० कित्तासम्म माग गर्नेले माग गरेअनुसार नै सेयर पाएका छन् भने ६० कित्ता वा सोभन्दा बढी माग ११ लाख बढी आवेदकले गरेकोमा करिब ५ लाख आवेदकले थप १० कित्ता गरी ६० कित्ता सेयर पाएका छन् ।

१० कित्ताका लागि आवेदन दिने ३४ हजार ३० आवेदकलाई ३ लाख ४० हजार ३०० कित्ता सेयर बाँडफाँड भएको छ । २० कित्ता सेयर माग गर्दै आवेदन दिने २९ हजार ८५४ जना आवेदकलाई माग गरेबराबर ५ लाख ९७ हजार ८० कित्ता बाँडफाड भएको छ ।्र

यस्तै ३० कित्ताका लागि आवेदन दिने २० हजार २४८ आवेदकलाई ६ लाख ७ हजार ४४० कित्ता, ४० कित्ता माग गर्दै आवेदन गर्ने १६ हजार ९३४ आवेदकलाई ६ लाख ७७ हजार ३६० कित्ता, ५० कित्ता माग गर्दै आवेदन दिने १ लाख ७९ हजार ९३८ आवेदकलाई ८९ लाख ९६ हजार ९०० कित्ता र ६० कित्ता वा सोभन्दा बढीको माग गर्दै आवेदन दिने ११ लाख ९४ हजार ४ जनालाई पनि ५० कित्ताको दरले ५ करोड ९७ लाख २० कित्ता सेयर बाँडफाँड भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV