१६ माघ २०७७, शुक्रबार
  • दान बहादुर बुढा

मुगु, १६ माघ । गएको मंगलबार साँझ ५ः३० बजे जुम्लाको तिला गाँउपालिका वडा नमबर ७ पोखरी गाँउको गोठी भन्ने ठाँउमा भएको आगलागीबाट विस्थापित पीडितहरुका लागि राहत उपलब्ध भएकाे छ । नेपाली सेनाको हेलिकोप्टरबाट तत्कालका लागि आवश्यक राहत सामग्री लिएर कर्णाली प्रदेश सरकारका कानूनमन्त्री नरेश भण्डारी अग्नि पिडीत रहेको गोठी गाउँमा पुगेका हुन् र ओढ्ने ओछ्याउने न्यानो कम्बल र कपडा, पाल, भाँडाकुडा, खाद्य वस्तुका दाल चामल, नुन तेल लगायतका सामग्री लिएर मन्त्री बिहीबार पुगेका हुन् ।

जिल्ला दैवी प्रकोप उद्धार समिति र अन्य सरोकारवाला संघ-संस्थाका जिम्मेवार निकायका व्यक्तिहरुले पनि राहत सामग्री ल्याएर अग्नि पीडितहरुलाई दिएका थिए ।

जाडोको समयमा आगलागीबाट कर्णली प्रदेश सरकारबाट ८९ थान न्यानो कम्बल, सात रोल पि-फर्म, नौ क्वीन्टल चामल, दुई बोरा नुन, सात पेटी तेल, १५० केजी दाल, २० केजी खुर्सानी बेसार र २८ सेट भाँडाकुडा राहत पठाईएको कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाले जानकारी दिए।

आगलागीबाट मानवीय क्षति नभए पनि ३२ घर पुर्ण रुपमा नष्ट भएका थिए भने, ९२ गाइ, २३ गोरु, ४० भेडाबाख्र, २० खरायो, २६ कुखुरा, ४६ क्विन्टल खाद्यान्न, ६ लाख ४७ हजारभन्दा बढीको लत्ता-कपडा जलेर नष्ट भएको थियाे ।  सबै गरी अन्दाजि ३ करोड १८ लाख भन्दा बढीको क्षेत्रीको बिवरण प्राप्त भएको जिल्ला प्रहरी कार्यालप जुम्लाका प्रहरी निरीक्षक नबिन थापा मगरले बताएका छन् ।

विपद् प्रतिकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगे पनि विकट भूगोल र सुख्खा क्षेत्र भई पानीको अभाव हुँदा उक्त बस्ती पूर्णरुपले खरानी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।

५४ घर घुरी रहेका गोठी गाँउ मा ३२ घर जलेर नष्ट भएका छन् भने आगलागी हुँदा ३२ घर परिवारका स्थानीय बासीहरु खुल्ला आकाशमा राहत दिएको सामानको मुख हेरी बसिरहेका छन् । बर्खा भरी खेतीपाती गरी घर भित्र रहेको खाद्यान्न हिउँदमा खानुपर्ने अवस्थामा अागलागी भएपछि स्थानीयहरूलाइ दैनिकी काट्न मुस्किल भइरहेको छ । यस अवस्थामा सानाेतिनाे भए पनि राहत पाउँदा उनीहरू खुसी देखिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV