१६ माघ २०७७, शुक्रबार

एजेन्सी, १६ माघ । इङ्ग्लिस प्रिमियर लिगमा टोटनह्याम हस्टपरलाई पराजित गर्दै लिभरपुल चौथो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा लिभरपुलले टोटह्यामलाई उसैको घरेलु मैदानमा ३-१ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलका लागि रोबर्टो फिर्मिनो, ट्रेन्ट एलेक्सान्डर अर्नोल्ड र सार्डियो मानेले गोल गरे । टोटेनह्यामका लागि पिएरे इमिल होब्जजर्गले एक गोल गरे ।

पहिलो हाफको थप गरिएको चौथो मिनेटमा रोबर्टो फिर्मिनोले गोल गर्दै लिभरपुललाई १-० ले अघि बढाए । उनले साडियो मानेको पासलाई सदुपयोग गरेका थिए । दोस्रो हाफको शुरुमै लिभरपुलले अग्रता दोब्बर पार्न सफल भयो । ४७औं मिनेटमा ट्रेन्ट एलेक्सान्डर अर्नोल्डले गोल गर्दै लिभरपुललाई २-० ले अघि बढाए ।

४९औं मिनेटमा पिएरे इमिल होब्जजर्गले गोल गर्दै टोटेनहमलाई खेलमा फर्कने संकेत दिए । उनले स्टेभन वर्गवाइनको पासमा गोल गर्दै खेललाई २-१ को अवस्थामा ल्याए । ५६औं मिनेटमा मोहम्द सलाहले गोल गरेपनि भिएआरबाट मान्यता पाएन ।

उनले सलाहले गोल गर्नुअघिको मुभमा फिर्मिनोले विपक्षी खेलाडी माथि फल गर्न पुगेका थिए । ६५औं मिनेटमा साडियो मानेले ट्रेन्ट एलेक्सान्डर अर्नोल्डको पासमा गोल गर्दै लिभरपुलाई ३-१ को जित दिलाए ।

जितसँगै लिभरपुल २० खेलबाट ३७ अङ्क जोडेर चौथो स्थानमा उक्लिएको छ । टोटेनह्याम १९ खेलबाट ३३ अङ्क जोडेर छैठौं स्थानमा छ । लिभरपुलभन्दा एक खेल कम खेलेको म्यानचेस्टर सिटी ४१ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV