लकडाउनको असर अब आउने आर्थिक वर्षमा बढी हुने देखिन्छ : गोविन्दराज ढकाल, सिइओ



प्रकाशित मिति : Jan 29, 2021

पछिल्लो समय कोरोना महामारीका कारण बैंक–वित्त लगायत कर्पोरेट सेक्टरमा समेत ठूलै असर पारेको छ । बैंकहरुमा तरलता थुप्रिएको छ, लगानीको वातावरण अस्तव्यस्त छ । मानिसहरु बैंकमा डिपोजिटको विकल्प खोजिरहेका छन्, बैंकहरु ऋण बढाउने ध्याउन्नमा छन् । यसै परिप्रेक्ष्यमा डेभलोपमेन्ट बैंकर्स संघका अध्यक्ष एवं गरिमा विकास बैंकका सिइओ गोविन्द प्रसाद ढकालसँग  न्यूज २४ नेपाल डटटिभीका लागि कृष्णकुमारी चौलागाईले  गरेको समसामयिक कुराकानीः

नेपालमा बैंक तथा वित्तीय संस्थाप्रति आम जनताको विश्वास बढेको बताइन्छ । यो विश्वास कायम राख्न बैंक तथा वित्तीय संस्थाहरूले कस्तो भुमिका खेलिरहेका छन् ?

नेपालमा बैंक तथा वित्तीय संस्थाहरू ०६४ देखि ०६६मा बढी स्थापना भएका छन् । सो समयमा नेपाल राष्ट्र बैंकले पनि लाइसेन्स पनि दिएको छ । आज भन्दा ५ वर्ष अगाडि ६०% मानिस बैंकको पहुँच बाहिर थिए अहिलो त्यो संख्या घटेर १०% मा झरिसकेको छ । नेपालमा पछिल्लो समय आर्थिक कारोबार गर्दा बैंक तथा वित्तीयसंस्थाबाट गर्नुपर्छ भन्ने जनमानसमा पुगेको छ । यसको कारण भनेको बैंक तथा वित्तीयसंस्थाहरू पारदर्शी हुने, संस्थागत सुशासनलाई ख्याल गर्ने र बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक कारोबार बैंकबाट गर्नको लागि गरेको जागरुकता पनि हो ।

बैंकिङ तथा वित्तीय क्षेत्रको पहुँच बढ्नुको अर्को कारण हो, प्रविधि । प्रविधिको प्रयोग तथा इन्टरनेटको पहुँचको कारण पनि जनताको विश्वास बढेको पाइन्छ । यसले देशको आर्थिक स्थितीलाई नै फाइदा पुर्याएको पाइन्छ । तथ्याङकका अनुसार अहिलेपनि २० प्रतिशत जनसंख्या बैंक तथा वित्तीय संस्था भन्दा बाहिरबाट कारोबार गरिरहेको छ भन्ने बुझिएको छ ।

सेवाग्राहीहरूको विकास बैंकप्रतिको आकर्षण भने कस्तो पाउनु भएको छ ?

विकास बैंकहरू झण्डै ८९ ओटा थियो अहिले १९ ओटा छौँ । मर्जर नीतिले गर्दा विकास बैंकको संख्या घटेका छन् तर विकास बैंकहरूको उपस्थिती, पुँजी हिजोको भन्दा आज बढी पाइन्छ । आज लगभग १६÷१७ सय ओटा शाखा रहेका छन् । संख्या बढी हुँदा ६÷७ शाखा मात्र रहेका थिए । बैंक वित्ती य संस्थाहरू नपुगेका ठाँउमा सबैभन्दा पहिला विकास बैंकहरू पुगे । एक जिल्ले, ३ जिल्ले, क्षेत्रिय स्तरको, राष्ट्रिय स्तरको थरी थरीका विकास बैंकहरू पुँजीका आधारमा छुट्याइयो । ती विकास बैकहरूले आफ्नो आफ्नो क्षेत्रमा गएर काम गरे । त्यसैको फलस्वरुप आज बैंकको पहुँच बढाउन र बैंकप्रतिको जागरुकता बढाउन विकास बैंकले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।

अहिलेपनि गाँउ देखी शहर सम्म विकास बैंक प्रतिको विश्वास लोभ लाग्दो पाइन्छ । विकास बैंकमा छिर्न सहज मानेको पाइन्छ । कर्मसियल बैंक र विकास बैंकका सेवा नै फरक छन् जस्को कारण मध्यम र न्यून वर्गले सहज मानेको पाइन्छ । सर्भिसको वातावरण, विकास बैंकहरूले नै बैंकिङ कारोबार गर्ने ‘ह्याबिट’ को विकास गरेको कारण पनि आकर्षण बढ्दो पाइन्छ ।

सेवाग्राहीले डिपोजिट मात्र नभई के कस्ता कुरामा बैंकको सहयोग खोज्ने गरेको छन्, विशेषतः ऋणको सन्दर्भमा ?

हामीले हेर्नुपर्ने भनेको डिपोजिटर हो । तर, जहाँ पनि ऋणीको मात्र कुरा गरिरहेका हुन्छन् । बैंक भनेको पैसाको व्यापार गर्ने ठाँउ हो, सामन्य अर्थमा भन्नुपर्दा । ऋणीहरूले सस्तो ब्याजदरमा ऋण पाउनुहुन्थ्यो । तर हामीले निक्षेप कर्ताहरूले यो पैसा म राख्छु, ब्याजबाट चलाउछुँ म ‘रिस्क’ लिँदिन भन्नेले पनि त बाच्न पाउनु पर्यो नि ! कोहीसँग १०० रुपैँया छ भने त्यो पैसा एक वर्षपछि पनि १०० नै हुनु पर्यो नि त्यसको लागि मुद्रास्फीति जति छ त्यति नै ब्याज दिइनु पर्छ, त्यो काम नेपालमा भएका छैनन् ।

यसबारे कसैले पनि सोचेको छैन । त्यसैकारण पनि होला नेपाल राष्ट्र बैंकले मुद्दतीमा ५ प्रतिशत भन्दा ब्याज घटाउन नियम बनाएको छ । तर यसमा हामिले के बदमासी गर्यौँ भने धेरै तरला भएको कारण बचतको बढाउनु साट्टो बचतको घटाइदियौँ । ऋणिले सर्भिस चार्ज, रिनिवल चार्ज कम परोस् भन्ने ऋणीले खोज्छ त्यो स्वाभाविक हो । हामीले बचतकर्ताहरूलाई पनि सोच्नु पर्ने हुन्छ । ऋणीको कुरालाई पनि हामीले सकेसम्म उनीकोहरूको समस्याको सम्बोधन गर्ने गरेका छौँ ।

अहिले प्रत्येक बैंकहरूले सिंगल डिजिटमा लगानी गरेको छ । विकास बैंकको बेस रेट ८ प्रतिशतको हाराहारीमा छ, यसले निक्षेपकर्ताले ब्याज पाएन । यदि निक्षेप कर्ताले ब्याज पाएन जसले क्यापिटल फराकिलो बनाउने सम्भावना हुन्छ । नेपालको भन्दा भारतको ब्याज बढी भयो भने निक्षेप कर्ताले भारतमा लगेर पैसा राख्ने जोखिम बढ्न सक्छ । त्यसैले हामीले ब्यालेन्स मिलाएर जानुपर्ने हुन्छ ।

कोरोना महामारीले सबै क्षेत्रमा असर पार्दा बैंक तथा वित्तीय क्षेत्रमा असर पार्यो भन्ने सुनिन्छ, कतिको असर पारेको अनुभव र महसुस गर्नुभयो ?

कोरोना महामारीको त्रासका कारण भएको लकडाउनको असर गएको आर्थिक वर्ष भन्दा पनि अब आउने आर्थिक वर्षमा बढी हुने देखिँदै गएको छ । हाल लगानीको वातावरण छैन, प्रशस्त मात्रामा तरलता उत्पन्न भएको छ । नयाँ काम गर्ने र पुरानो व्यवसायीहरूले पनि काम सुरु गर्न सकेका छैनन्, जसले गर्दा प्रत्यक्ष असर बैंक तथा वित्तीय क्षेत्रलाई परेको छ । नेपाल राष्ट्र बैंकले दिएको टाइम एक्टेन्सन, रि–सेडुलिङ, वोकिङ क्यापिटल थप जस्ता कारणले मात्र हाल बैंकहरूमा त्यस्तो असर नपरेको जस्तो देखिएको हो । यथार्थ रुपमा नेपाल राष्ट्र बैंकले ति सुविधा नदिएको भए नराम्रो नतिजा आइसकेको हुन्थ्यो ।

रि-सेडुलिङ टपअपका कुराहरू हामीले गरिसकेका छौँ, त्यसैले पनि अबका दिनमा हामीले अझै अप्ठेरोको सामना गर्नुपर्ने वा कोरोनाको खास असर देखिने सम्भावना बढेका छन् । सबै भन्दा जोखिम रहेका पर्यटन क्षेत्र, लामो दुरीका यातायातहरू सञ्चालनमा आउन सकेका छैनन् । हालको अवस्थामा असुली गर्न असहज छ ।

कोरोनाले बैंक तथा वित्तीय कारोबार र गतिविधिलाई निकै पछि धकेलेको हो या पूर्व–अवस्थामा फर्किसकेको छ ?

पछाडि थकेल्ने भन्ने कुरा अघिल्लो वर्ष जुन बिजनेशको ग्रोथ थियो, त्यो अहिले छैन । त्यसैले पनि देखाउँछ कि हामी १ वर्ष वा ६ महिना पछाडी धकेलिएका छौँ भन्ने डाटाले नै देखाएको छ । लकडाउन खुलिसकेपछि केही हदसम्म चलायमान भएको छ । तर पनि पूर्णरुपमा नखुलेसम्म यसको असर पर्छ । त्यसको लागि सरकारले पनि केही ल्याउने र जनमानसमा कोरोनाको डर भएसम्म यसको असर पर्ने देखिन्छ ।

बैंकहरूको ऋण प्रक्रिया झन्झटिलो मात्र नभई ब्याजदर पनि चर्को भयो भन्ने आम सेवाग्राहीको गुनासोप्रति ध्यान दिनुभएको छ ?

ऋण लिने कुरामा हामीले पनि नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नियम फलो गर्ने हो । सकेसम्म आफ्ना ग्राहकलाई छिटो छरितो सुविधा दिने भन्ने सबै बैंक तथा वित्तीय संस्थाले सोचेको हुन्छ । पारदर्शी व्यवसायीहरूलाई समस्या छैन । जस्को पारर्दशीहरूका आम्दानी छैन उनीहरूलाई समस्या हुने हो । व्यवसायीहरूको आम्दानी टन्न हुन्छ तर कागजमा आम्दानी देखिँदैन, समस्या त्यहाँ देखिने हो । भन्सारबाट इम्पोर्ट हुने बेला अण्डर भ्यालुएसन छ, त्यहा परेको भन्दा कम रुपैँयामा विक्री गर्ने कुरा हुँदैन, बढी मूल्यमा बेच्दा इन्ट्र भन्दा बढी सेल्स देखिन्छ, जस्ले ब्यालेन्ससिड मिल्दैन जस्ले गर्दा ठुलो ऋणमा अप्ठेरो हुने हो ।

बैंक तथा वित्तीय संस्थाको ब्याजदर मंहगो छ भन्ने अवस्था छैन । अलिकति तलता घट्दै जाने र चलायमानता बढ्दै जाने हो भने ब्याजदर घट्छ ।

तपाइंँ स्वयं डेभलोपमेन्ट बैंकर्स संघको अध्यक्ष पनि हुनुहुन्छ, नेपालमा विकास बैंकहरूको अवस्था कस्तो छ ?

विकास बैंकहरूको उपस्थिति बढ्दै गएको छ । १ करोडबाट सुरु भएका विकास बैंकहरू ४ अर्ब प्लस पुँजी भएर राष्ट्रिय बैंक भएका छन् । विकास बैंक र कर्मसियल बैंकको सेवा पछिल्लो समय उस्तै छ । यथार्थमा भन्ने हो भने विकास बैैकको काठमाडौँमा भन्दा ग्रामिण भेगमा पहुँच र विश्वास बढ्दो पाइन्छ । विकास बैंकले आवश्यकतालाई मध्यनजर गरेको पाइन्छ ।

गरिमा विकास बैंकको सफलताको कुरा गरौँ, ग्राहक संख्या कति पुगेको छ ? सेवाग्राहीको आकर्षण कस्तो पाउनुभएको छ ?

०६४ मा तीन जिल्लालाई कार्यक्षेत्र बनाएर खोलिएको थियो । सात प्रदेशमा १०६ ओटा हाम्रो शाखाहरू रहेका छन् । आज सम्म प्रत्यक्ष रोजगारीमा ९१६ जना कर्मचारी छौँ । नेपाल राष्ट्र बैंकले ल्याएको पोलेसी अनुसार काम गरिरहेका छौँ । सेयर होल्डरहरूलाई पनि उचित रिर्टन पनि दिएका छौँ ।

धितोभन्दा पनि विना धितो पनि लगानी गरेका छौँ, जसका सीप छ, उनीहरूलाई उद्यमको वातावरण बनाएका छौँ । आजको मितिमा झण्डै ४ अर्ब पुँजी हामीसंग रहेको छ, १०६ ओटा शाखाबाट ५५ अर्ब निक्षेप संकलन गरेका छौँ, ४७ अर्ब लगानीमा रहेको रकम छ । ५ लाख ५० हजार हाम्रो ग्राहक संख्या छन् । हामीसंग सानो सानो पैसा रहेका छौँ जस्ले गर्दा तरलता अभाव हुने सम्भावना कम छ । हामी आगामी दिनमा प्रविधियुक्त सुविधालाई पनि ध्यानमा राखेका छौँ । सबै विकास बैंकहरू राम्रा छन्, हामी त्यो भन्दा पनि राम्रो बन्ने कोसिसमा छौँ । हालसम्म मार्केटमा हामी स्टोङ छौँ ।

बैंकहरूमा अहिले तरलताको अवस्था कस्तो छ ? र यस्ले बैंक तथा वित्तीय क्षेत्रमा कस्तो प्रभाव पारेको छ ?

अहिले तरलता बढी छ । यस्को असर बढी निक्षेपकर्तालाई परेको छ । जस्ले डिपोजिटरको मुद्राको भ्यालु घट्ने सम्भावना बढ्छ । धेरै तरलता हुँदा अन-प्रडक्टेडिभ क्षेत्रमा लगानी बढ्ने जाेखिम बढेकाे छ ।

तश्वीर : महेश्वर के.सी. / न्यूज२४ नेपाल


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com