१५ माघ २०७७, बिहीबार
  • शिव डुम्रे,

बुटवल, १८ माघ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको निरंकुशता केही महिनाभित्र चुट्ककीको भरमा फालिने बताउनुभएको छ । जहानीया राणातन्त्र, निरंकुश शाही शासनलाई फालेको जनताको आन्दोलनको बलले नै केपी ओलीको स्वेच्छाचारिताको अन्त्य गर्ने उहाँले बताउनुभएको हो ।

बुटवलमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै उहाँले आफ्नै पार्टीको प्रधानमन्त्रीले आफैंले बनाएको प्रधामन्त्री सामन्ती निरंकुशताको एजेण्ट भएको आरोपसमेत लगाउनुभयो ।

प्रचण्डले ओलीलाई निरंकुशता लाद्ने र श्री ३ हुन खोजेको आरोप लगाउँदै उहाँले लुम्बिनीको भेलाले त्यस्तो शासन गर्न नदिने संकेत देखाएको बताउनुभएको छ ।

विरोध सभा केपी ओलीको विरोध गर्नको लागि मात्र बनाइएको नभई समग्र प्रतिगमनको विरुद्ध उभ्याउन र देश, जनता, लोकतन्त्र र संविधानको रक्षा गर्न साथै गलत प्रवृत्तिको विरुद्धमा गरिएको समेत प्रचण्डले बताउनुभएको छ ।

नेकपाका अर्का अध्यक्ष माधव कुमार नेपालले केपी ओलीको सरकार जनताको समस्याप्िरी केन्द्रित नभएको भन्दै ‘सच्चिनुस’ भनेर आग्रह गर्दागर्दै सन्केर संसद विघटन गरेको बताउनुभयो ।

नेपालले केपी ओली गणतन्त्रको पक्षमा नै नभएको सम्झदै उहाँले राजतन्त्रका विरोधको बेला कुनै कार्यक्रममा समेत ओली सहभागी नभएको सम्झिनुभयो । नेपाली जनताले चुनाव नचाहेको सरकारको इमान्दारीता र जनताप्रति वफादार रहन चाहेको बताउनुभएको थियो ।

उहाँले समयको पर्वाह बुझ्ने क्षमता ओलीमा नभएको समेत जिकिर गर्नुभएको छ । ओलीलाई रिस उठेमा जस्लाई पनि गाली गर्नै, टिप्पणी गर्ने गरेको बताउँदै ओली युगको अन्त्य भएको समेत बताउनु भयो ।

नेकपाका स्थायी समिति सदस्य घनश्याम भुषालले भने, ‘अगाडि दुई वटा बाटो रहेको छ । एउटा केपी ओलीको बरवादीको बाटो र अर्को देश र जनता जोगाउँदै संविधानको रक्षा गर्ने बाटो अबको विकल्प संविधान रक्षा हो ।’

नेकपाका अर्का नेता बर्षमान पुनले बादलले नै जनयुद्धका घाइते, बेपत्ता योद्धाको भत्ता रोकेको सम्झदै उनैले भत्ता बढाउने र जनमुक्ति सेना सम्झेर गोहीको आसु झारेकोे बताएका थिए ।

यस्तै पूर्वमन्त्री एवं युवानेता बलदेव खनालले संविधान उखान टुक्का र चुट्किलाले नलेखिएको नेपाली जनताको रगतले लेखिएको बताउँदै सडकमा जनता आफ्नो जीवन खोज्न आएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV