१५ माघ २०७७, बिहीबार
  • तस्वीर : महेश्वर के.सी.,

काठमाडौं, १५ माघ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओबादी)ले काठमाडौंको रत्नपार्कमा कार्टुन प्रदर्शन गरेको छ ।

महोन वैद्य नेतृत्वको क्रान्तिकारी माओबादीको जनवर्गीय संगठन र मोर्चाले संसदीय व्यवास्थाको खारेजीको माग गर्दै रत्नपार्कमा कार्टुन प्रदर्शन गरेको हो ।

सीपी गजुरेलले सम्बोधन गरेका उक्त प्रदर्शनमा समसामयिक घटनाक्रम झल्कने कार्टुन टाँगिएको छ । सोही कार्यक्रममार्फत् पार्टीले संघीय जनगणतन्त्र स्थापनाको माग गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV