१५ माघ २०७७, बिहीबार
  • तस्वीर : महेश्वर के.सी.,

काठमाडौं, १५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएको छ । विहीबार (आज) पनि दाहाल–नेपाल पक्षका सांसद, प्रदेशसभा सदस्यलगायतले माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।

धर्नमा सहभागीहरुले ‘लोकतान्त्रिक शक्तिहरु एक हौं’, ‘संसद विघटन गर्न पाइँदैन, निरंकुशतन्त्र चाहिँदैन’लगायतका प्लेकार्डसहित धर्ना दिएका हुन् । यस समूहले गत बुधबारदेखि माइतीघर मण्डलामा प्रत्येक दिन दुई घण्टा धर्ना दिँदै आएको छ ।

यो धर्ना कार्यक्रम माघ २१ गतेसम्म चल्नेछ । संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाका लागि यस धर्ना कार्यक्रमको आयोजना गरिएको दाहाल–नेपाल समूहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV