१५ माघ २०७७, बिहीबार
  • दान बहादुर बुढा,

मुगु, १५ माघ । मुगु जिल्लाको एक मात्र नगरपालिका छाँयानाथ रारा नगरपालिकाको वडा नम्बर १३ मा रहेको लापु गाँउमा पहिलो पटक सडकसँगै गाडी पुग्दा स्थानीय हर्षित भएका छन् ।

पूर्वाधार बिकास कार्यालय मुगुबाट निर्माण भएको जडिबुटी सडक मार्गसँगै गाडीसमेत पुग्दा दलित बस्ती मात्रै नभई लापु गाउँका सम्पूर्ण स्थानीयबासी हर्षित भएका हुन् ।

उक्त गाउँका स्थानीयले बिगतमा सदरमुकाम गमगढी बजार र कामको सिलसिलामा भारत पुगेपछि मात्रै गाडी र सडक देख्न तथा चढ्न पाउने गर्दथे ।

तर, अहिले आफ्नै घरमा गाडी आइपुगेको र बिरामी हुदा पनि सहजै एम्बुलेन्सबाट अस्पताल जान पाउने भन्दै त्यहाँका स्थानीय निकै खुसी भएका छन् । यसका साथै, गाँउमा उत्पादन भएको विभिन्न सामग्री तथा खाद्यान्नहरु गमगढी बजारमा सजिल्यै बिक्री गर्न पाउने भएका छन् ।

स्थानीय ज्ञानी कामीले भने, ‘सदरमुकाम गमगढी ३–४ घण्टा हिडेर जाने गरेका थियौं । अब एक घण्टामै गाढीबाट जान पाउने भयौ ।’

त्यस्तै यस लापु गाँउमा रहेका २३ घर धुरीका बाल बच्चा र बुढाबढीले पनि पहिलो पटक गाँउमै सडकसँगै गाडी देखेका छन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV