१५ माघ २०७७, बिहीबार
  • रामगोपाल तमखु

भक्तपुर, १५ माघ । नेपाल संवतकाे आठौँ शताब्दीदेखि भक्तपुरको हनुमानघाटस्थित त्रीवेणीमा सुरु भएको मानिने माधवनारायणको व्रत आजबाट शुरु भएको छ । एक महिनासम्म चल्ने व्रत आजबाट शुरु भएको हो । प्रत्येक वर्षको पौषशुक्ल पूर्णिमा देखि माघ शुक्ल पूर्णिमासम्म यो व्रत बस्ने परम्परा रहेको छ ।

माधवनारायणको व्रत बस्ने व्रतालुहरुले व्रत शुरु गर्नु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले माधवनारायणलाई पूजा गर्नुपर्ने, शंखजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शंखजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ । पुरुष व्रतालुहरुले शरीरमा एकसरो सेतो कपडा लगाएर खोलामा टाउको देखिनी गरी नमस्कार मुद्रामा स्नान गरिसकेपछि जमिनमा घस्रँदै विभिन्न मन्दिरमा दर्शनका लागि जाने परम्परा छ ।

किवंदन्तीअनुसार काठमाडौंको साँखुमा माधवनारायणको व्रत बस्ने प्रचलन शुरु हुनुभन्दा पहिलेदेखि नै भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीमा व्रत बस्ने प्रचलन रहेको संस्कृतिविदहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV