१५ माघ २०७७, बिहीबार

एजेन्सी, १५ माघ । युभेन्टस कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा दोस्रो श्रेणीको एसपालमाथि ४–० को फराकिलो जित निकाल्दै युभेन्टस सेमिफाइनलमा प्रवेश गरेको हो ।

युभेन्टसलाई शान्दार जित दिलाउनको लागि अल्भारो मोराटा, जियानलुका फ्राबोट्टा, डिजान कुलुसेभ्स्की र फेडरिको चियसाले समान एक एक गोल गरे । युभेन्टसले पहिलो र दोस्रो हाफमा समान दुई दुई गोल गरेको थियो ।

खेलको १६ औँ मिनेटमा अल्भारो मोराटाको पेनाल्टी गोलबाट युभेन्टसले अग्रता लिएको थियो । एड्रिएन राबिओटमाथि भिकारीले फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै युभेन्टसलाई पेनाल्टी दिएको थियो ।

३३औँ मिनेटमा जियानलुलका फ्राबुट्टाले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर परे । उनले डिजान कुलुसेभ्स्कीको पासमा गोल गरेका थिए ।

७८औँ मिनेटमा कुलुसेभ्स्कीले फेडरिको चियसाको पासमा गोल गर्दै युभेन्टसलाई ३-० को अग्रता दिलाए ।

९० औँ मिनेटमा चियसाले कोसिमो मार्को दा ग्राकाको पासमा गोल गर्दै युभेन्टसलाई ४-० को फराकिलो जित दिलाए । यस खेलमा प्रशिक्षक आन्द्र पिर्लोले रोनाल्डोलाई विश्राम दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV