१५ माघ २०७७, बिहीबार

काठमाडौं, १४ माघ । कोरोना भाइरसविरुद्धको खोप एकैदिन ९ हजार बढीले लगाएका छन् । खोप अभियानअन्तर्गत बुधबार पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा १ हजार २ सय ५५, प्रदेश २ मा ७ सय २६, बागमतीमा २ हजार ६ सय ९४, गण्डकीमा १ हजार ८ सय ४३, लुम्बिनीमा ७ सय ३३, कर्णालीमा ७ सय ५१ र सुदुरपश्चिम प्रदेशमा १ हजार ८२ जनाले खोप लगाएका छन् । ६४ जिल्लाका ९३ खोप केन्द्रबाट खोप लगाइएको थियो ।

प्रधानमन्त्री ओलीले उट्घाटन गरेलगत्तै आज सातै प्रदेशका अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी तथा अन्य समूहले खोप लगाएका हुन् । खोप लगाएका कुनै पनि व्यक्तिलाई समस्या नदेखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

गौतमले जारी गरिएको विज्ञप्तिमा लेखिएको छ– ‘छोटो समयमा खोप तालिम ढुवानी तथा वितरण सञ्चार र खोप केन्द्रहरूको व्यवस्थापन गरी यस अभियानलाई सफल पार्न नेतृत्वदायी भूमिका खेल्नु हुने सबै तहका समन्वय तथा अनुगमन समिति, राजनीतिज्ञ, स्वास्थ्यकर्मी, स्वयंसेवकहरू, सुरक्षाकर्मी तथा व्यवस्थापकलाई विशेष धन्यवाद दिन चाहन्छ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV