प्रधानमन्त्री कप क्रिकेट : एपीएफ फाइनलमा, बागमती र आर्मीबीचको बिजेतासँग उपाधि भिडन्त



प्रकाशित मिति : Jan 27, 2021

काठमाडौं, १४ माघ । प्रधानमन्त्री कप पुरुष क्रिकेटमा एपीएफ क्लव फाइनलमा पुगेको छ । बुधबार कीर्तिपुर मैदानमा भएको खेलमा नेपाल पुलिस क्लवलाई हराउदै एपीएफ फाइनलमा पुगेको हो ।

उसले नेपाल पुलिस क्लावलाई ३० रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले नेपाल पुलिसलाई दुई सय चार रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जसमा नेपाल पुलिसले ४९.२ ओभर खेल्दै सबै विकेट गुमाएर १७३ रनमा अलआउट भयो । जसका लागि पुलिसको तर्फबाट पवन सर्राफले ४०, राशिद खानले ३४, दीपेन्द्र सिंह ऐरीले ३३, अनिल शाहले २१, आरिफ शेखले १६ र सागर ढकालले ११ रन बनाएका थिए ।

एपीएफका तर्फबाट भने भुवन कार्कीले चार,कमल ऐरी, अभिनाश बोहरा र शरद भेषवाकरले समान दुई–दुई विकेट लिएको थिए ।

उता त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै दुई सय तीन रन बनाएको थियो । एपीएफका लागि शङ्कर रानाले सर्वाधिक ४४ रन, भुवन कार्कीले ४२, सन्दीप जोराले ३४, सुवास खकुरेल र कमल ऐरीले समान १९–१९ रन योगदान गरेका थिए ।

त्यस्तै शरद भेषवाकरले १८ रन रनको योगदान गरेका थिए । अविनाश बोहरा ११ रनमा अविजित रहँदा सूर्य तामाङ एक रनमा अविजित रहे । पुलिसका आरिफ शेखले तीन विकेट लिए भने ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले समान २–२ विकेट लिएका थिए । समुह बिजेता बन्दै फाइनल पुगेको एपीएफले अब बागमती र त्रिभुवन आर्मीबीचको बिजेता टोली सँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ ।

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com