१४ माघ २०७७, बुधबार
  • तारा आचार्य

विराटनगर, १४ माघ । नेकपा प्रचण्ड – माधव समूहका नेता एवम् प्रदेश १ इन्चार्ज भीम आचार्यले प्रतिनिधि सभा पुनस्र्थापना भई निर्वाचन हुने अवस्था भएमा जनमतको सामना गर्न तयार रहेको बताउनु भएको छ ।नेकपा प्रचण्ड – माधव समूहले विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता आचार्यले प्रतिनिधि सभा गैरसंवैधानिक रुपमा विघटन गरेकाले अदालतले पुनस्र्थापना गर्ने विषयमा आफूहरु ढुक्क रहेको बताउनु भयो । उहाँले गैरसंवैधानिक रुपमा संविधान मिचिएकाले यसलाई ट्रयाकमा ल्याउन आफूहरुले आन्दोलन गरिरहेको जानकारी दिनुभयो ।

प्रदेश सभाका सदस्य समेत रहनु भएका नेता आचार्यले प्रदेश सरकार विरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि सरकार गठन बारे छलफल गरिने बताउनु भयो । उहाँले चाडै नै प्रदेश सभा बैठक संचालन गर्न आग्रह गरिने जानकारी दिँदै प्रतिगमनका विरुद्ध संघर्षरत सबै पार्टीहरु प्रदेशमा पनि एक ढिक्का भएर जाने विश्वास व्यक्त गर्नुभयो ।

सो पत्रकार भेटघाट कार्यक्रममा माघ १६ गते विराटनगरमा आयोजना गरिने विरोध सभाको तैयारी बारे जानकारी गराइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV