१४ माघ २०७७, बुधबार

काठमाडौं, १४ माघ । काठमाडौंमा जारी राष्ट्रिय महिला लिगमा विराटनर महानगरपालिका मोरङले चन्द्रपुरमाथि पाँच–शून्यको फराकिलो जित निकालेको छ ।

जसमा विराटनगरको तर्फबाट कुसुम खतिवडाले ह्याट्रिक गरेकी थिइन् । त्यस्तै अनु राई र सरिता शेर्पाले एक एक गोल गरेका थिए । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा विराटनगरले पहिलो जीत निकालेको हो । यसअघि उसले २ खेल खेलिसकेको छ ।

तस्बीर : एन्फा

जसमा उसले १ खेल गुमाएको छ भने अर्को खेल बराबरीमा रोक्न सफल भएको थियो । बुधबारको खेलमा विराटनगरले चन्द्रपुरलाई पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा तीन गोल गरेको थियो । पहिलो जीतसँग विरराटनगरको चार अङ्क भएको छ ।

उता पराजित भएको चन्द्रपुरको ३ अंक छ । उसले यसअघिको खेलमा चौदण्डीगढीलाई अघिल्लो खेलमा सात–एक गोल अन्तरले पराजित गरेको थियो । तर एपीएफसँग उसले ६–० को गोलअन्तरले पराजय भोगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV