गायक आसुतोष राई र कला राईको आवाजमा ‘यति चोखो’ रिलिज (भिडियो)



प्रकाशित मिति : Jan 27, 2021

काठमाडौं, १४ माघ । गायक तथा संगीतकार आसुतोष राई र कला राईको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । बुधबार (आज) गायक राईको आफ्नै शब्द तथा सुवास सर्जन राईको कम्पोज रहेको ‘यति चोखो’ गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गायक राईको ‘जनम जनम–२’ एल्बममा समावेश गरिएको ‘यति चोखा’ गीतलाई फनिन्द्र राईले एरेञ्ज गरेका हुन् । गीतलाई दिपेश प्रधानले मिक्सिङ/मास्टरिङ गरेका हुन् ।

सार्वजनिक गीतको भिडियोमा विन्दा केसी र जनक योगी फिचर्ड छन् । गीतको भिडियोलाई अनिल कटवालले निर्देशन तथा सम्पादन गरेका हुन्, भने रन्धिर श्रेष्ठले छायाङ्कन गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com