१४ माघ २०७७, बुधबार

काठमाडौं, १४ माघ । सरकारले कृषि क्षेत्रमा प्रत्यक्ष रुपमा बिदेशी लगानी भित्राउन लागेको भन्दै कृषि क्षेत्रका बिभिन्न संघसस्थाहरु सरकारको निर्णयको बिरोधमा आन्दोलनमा उत्रिएका छन् । सरकारले केही केही बिदेशी कम्पनीको स्वार्थ र हितमा रहेर बिदेशी लगानी ल्याउन लागेको भन्दै स्वदेशी ब्यवसायी आन्दोलित भएका हुन् ।

बुधबार कृषि क्षेत्रका १५ भन्दा बढी संघ संस्थाहरुले सरकारले कृषिमा प्रत्यक्ष बिदेशी लगानी ल्याउन लागेको भन्दै सडकमा बिरोघ प्रर्दशन गरेका हुन् । कृषि उद्यमी तथा ब्यवसायीहरुले राजनीतिक अस्थिरताको मौका छोपेर सरकारले घुमाउरो बाटो प्रयोग गरेर बिदेशी लगानी ल्याउन लागेको आरोप लगाएका छन ।

सडक आन्दोलनमा उत्रिएका उद्यमी तथा ब्यवसायीहरुले सरकारले एकतर्फी रुपमा बिदेशी कम्पनीको स्वार्थमा रहेर कृषिमा बिदेशी ल्याउँदा साना किसाना तथा मध्यम तथा मर्झौला उद्यमी ब्यवसायीको लगानी जोखिममा पर्न सक्ने ग्ुनासो पोखेका छन ।

कृषि क्षेत्रका संस्थाहरुले बिदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ को दफा ५० लाई टेकेर राजपत्र मार्फत ल्याइएको बिदेशी लगानी प्रावधान खारेज गर्न माग गर्दै उनीहरुले साना किसान र उद्यमीको रोजीरोटी र जिकिकोपार्जन संकटमा पर्न सक्ने गुनासो गरेका हुन् ।

नेपालमा दुग्ध, डेरी उद्योग, पशुपालन, पोल्ट्री, माछा मासु, तरकारी फलफूल आत्मनिर्भर हुन लागेको अवस्थामा सरकारले बिदेशी लगानी आर्कषित गर्दा स्वदेशी लगानी पलायन हुन सक्ने कृषि उद्यमीहरुले गुनासो गरेका छन् ।

सरकारले शर्तसहित बिदेशी लगानी र प्रविधि भित्राउने र यसको लागि थप गृहकार्य गर्ने कृषि मन्त्रालयको भनाइ छ । कृषि क्षेत्रका बिज्ञहरुले सरकारले बिदेशी लगानी भित्राउँदा पर्याप्त तयारी गर्नु पर्ने तर्क राखेका छन । नेपालको परम्परागत कृषि प्रणालीलाई आधुनिक र प्रविधि मैत्री बनाउन आवश्यक रहेको कृषि बिज्ञ भोलामान सिंह बस्नेतको तर्क छ ।

कृषि क्षेत्रमा सरकारले हतार हतार बिदेशी लगानी भित्राउँदा पछि हुन सक्ने दुरगामी असरलाई नजिकबाट बिश्लेषण गरेर मात्र नीति निर्माण गर्नु पर्ने बिज्ञहरुको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV