ट्रकको ठक्करबाट इलाम माइजोगमाईकी सञ्जुको मृत्यु, अन्य दुई जना घाइते
- विनय तिम्सीना,
इलाम, १४ माघ । मेची राजमार्गको इलाम नगरपालिका–९ गोलाखर्कमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
बुधबार (आज) इलामबाट झापातर्फ जादै गरेको को१८प ६९७ नम्बरको मोटर साइकललाई सोही दिशातर्फ जादै गरेको ना३ख २७३२ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिदा माइजोगमाई गाँउपालिका–३ मानचोकी २८ वर्षीया सञ्जु आचार्यको घट्ना स्थलमै मृत्यु भएको हो ।
सञ्जुको शव कानूनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि इलाम अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । दुर्घटनामा मृतक सञ्जु आचार्यको २ बर्षीय छोरा सरोज आचार्य र मोटर साइकल चालक सूर्योदय नगरपालिका–१० का उमेस शाह घाइते भएका छन् ।
गम्भीर अवस्थाका दुबै घाइतेलाई बिर्तामोड पठाइएको छ । ट्रक चालक पाँचथर हिलिहाङ–७ का भवानी प्रसाद तिमल्सिना जिल्ला प्रहरी कार्यालय इलामको नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक लालध्वज सुबेदीले जानकारी दिए ।