१४ माघ २०७७, बुधबार
  • धिरज दाहाल

विराटनगर, १४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले नेपाली कांग्रेसको सभापतिमा आफ्नो उमेद्वारी कायमै रहेको बताएकी छन् ।बुधवार विराटनगर विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै कोइरालाले यस्तो बताएकी हुन् । उनले उमेद्वारी दिने अधिकार प्रयोग गर्ने बताइन् । सभापतिको उमेद्वारीले कोइरालाहरुको एकतामा असर पर्दैन भन्ने पत्रकारहरुको जिज्ञासामा नेतृ कोइरालाले यसबाट कोइराला परिवारबीचको एकतामा असर नपर्ने दाबी गरिन् ।वर्तमान सरकार पूर्णरूपमा असफल भएको भन्दै कोइरालाले यसको विरुद्ध आवाज उठाउन जरुरी भएको बताइन् । केपी ओलीको सरकारले गरेको संसद भंगको विषय अदालतमा विचाराधिन रहेको र अदालतको निर्णय संगै कांग्रेसले थप कदम चाल्नुपर्ने बताइन् ।

निर्वाचन भए निर्वाचनमा होमिने नभए कांग्रेसले त्यहीँ समयको सदुपयोग गर्दै अधिवेशन गर्नुपर्ने नेतृ कोइरालाले बताइन् । उनले गुटगत राजनीतिले देश बिग्रिएको र आफू त्यस विषमा नलाग्ने बताइन् ।
उनले ढिला नगरिकन पार्टीको संगठनलाई बलियो बनाउने काममा कांग्रेसका नेतृत्वहरु अग्रसर हुनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV