१४ माघ २०७७, बुधबार

काठमाडौं, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको मूलधारमा फर्कन नेकपा प्रचण्ड–नेपाल समूहलाई आग्रह गर्नुभएको छ ।

बुधबार नेकपा निकट आदिवासी जनजाति महासंघ नेपालको राष्ट्रिय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बेहाल भएर बस्नुभन्दा पार्टीको मूलधारमा फर्कन प्रचण्ड–नेपाल समूहलाई आग्रह गर्नुभएको हो ।

उहाँले तोकिएको समयमा निर्वाचन गराएर मुलुकलाई स्थिरतातर्फ अगाडि बढाउन सरकार र पार्टी सक्रिय रहेकाले कोही पनि नेता–कार्यकर्ताले बाटो बिराउनु नपर्ने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आफैंले आधिकारिक पार्टीको नेतृत्व गरेको दावी गर्नुभयो । उहाँले ‘दशा’ लागेका केही पार्टी छाडेर गए पनि कम्युनिष्ट आन्दोलन, स्थिरता र समृद्धिको यात्रामा कुनै अत्यावरोध नहुने स्पष्ट गर्नुभयो ।

अध्यक्ष ओलीले तोकिएको समयमा निर्वाचन हुने ठोकुवा गर्दै मुलुक निरन्तर समृद्धिको यात्रामा अगाडि बढिरहेको दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV