१४ माघ २०७७, बुधबार

काठमाडौं, १४ माघ । सरकारले जनआन्दोलन तथा माओवादी सशस्त्र द्वन्द्व लगायतका आन्दोलनमा सहभागी शहीद र परिवारको तथ्यांक संकलन गर्ने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले जनआन्दोलन तथा माओवादी सशस्त्र द्वन्द्वमा सहभागी भएका शहीद परिवार तथा घाइते परिवारको तथ्यांक संकलन गर्न तीन सदस्यीय समिति बनाएको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभयो ।

यस्तै बैठकले सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्बीर अंकित हुलाक टिकट प्रकाशन गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

त्यस्तै माघ ५ गतेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यको पदावधि थप गर्ने तथा नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँट स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV