१४ माघ २०७७, बुधबार
  • शिव डुम्रे,

रुपन्देही, १४ माघ । नेकपाका महासचिव एवं सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारलाई काम गर्न नदिएको कारण संसद विघटन गर्नुपरेको बताउनु भएको छ ।

बुधबार गृह जिल्ला रुपन्देहीका आधा दर्जन भन्दा धेरै कार्यक्रममा सहभागी हुनु भएका मन्त्री पौडेलले प्रतिपक्षीहरुले भन्दा धेरै आफ्नै पार्टीभित्रबाट असहयोग भएकोले ताजा जनादेशमा जानु परेको बताउनुभयो ।

गोप्य बाटोबाट अविश्वासको प्रस्ताव ल्याउन खोजेर समृद्धिको बाधक भएको कारण संसद विघटन गर्नु परेको पनि उहाँको भनाइ थियो । मन्त्री पौडेलले बैशाख १७ र २७ गतेभित्रै चुनाव हुने ठोकुवा गर्दै त्यसको तयारीमा लाग्न आफ्ना कार्यकर्ताहरुलाई समेत निर्देशन दिनुभयो ।

मन्त्री पौडेलले बुटवलका समग्र विकासको लागि चौराहादेखि चिडियाखोलासम्म सडक विस्तार, लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नति, बुटवल–पोखरा सडकको स्तरोन्नति, बुटवल–नारायणगढ सडक खण्डको स्तरोन्नति सुरु भइसकेको चर्चा पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV