प्रिन्सलाई जेष्ट ब्याडमिन्टन एकेडेमीको सम्मान



प्रकाशित मिति : Jan 27, 2021

काठमाडौं, १४ माघ । नेपाली ब्याडमिन्टनका उदियमान खेलाडी प्रिन्स दाहाललाई जेष्ट ब्याडमिन्टन एकेडेमीले बुधबार सम्मान गरेको छ ।

बसुन्धारास्थित एकेडेमीको आफ्नै हलमा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाल र एकेडेमीका अध्यक्ष मधुसुदन पाठकले दाहाललाई कदर पत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।

कलिलो उमेरदेखि ब्याडमिन्टन ¥याकेट समातेर विभिन्न बाधा अवरोधलाई झेल्दै बिश्व ब्याडमिन्टन महासंघको यू–१९ तर्फको बरियतामा तेश्रो नम्बरमा उक्लन सफल भई राष्ट्र, ब्याडमिन्टन खेल, संघ र खेल क्षेत्रको उच्च सान र मान राख्न सफल भएकोमा त्यसको कदर स्वरुप कदरपत्रद्वारा सम्मान गरिएको छ, कदर पत्रमा जनाइएको छ ।

सोही क्रममा ब्याडमिन्टन खेल सामग्री उत्पादक संस्था योनेक्सको आधिकारिक विक्रेता योनेक्स सनराइज नेपालको तर्फबाट प्रोपाईटर राजु बास्तोलाले ब्याडमिन्टन ¥याकेटसहित खेल सामग्री प्रदान गरे ।

सो अवसरमा बोल्दै सदस्य सचिव सिलवालले प्रिन्सको उपलब्धिले बिश्व खेल मञ्चमा नेपालीहरुको सान उच्च राख्न सफल भएको भन्दै आगामी दिनमा बिश्व ब्याडमिन्टनको बरियतामा १ नं.मा उक्लन सफल हुनुपर्ने बताए ।

उनले यसका लागि विभिन्न ¥याङ्किङ्ग प्रतियोगिताहरुमा सहभागिताका लागि परिषद्बाट सक्दो सहयोग गर्ने बताए । यस्तै सिलवालले प्रिन्सका मामा कमलेश निरौलालाई प्रिन्सको ब्यवस्थापन कार्यका लागि धन्यबाद प्रदान गरे ।

यस्तै नेपाल ब्याडमिन्टन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका सचिव रामजी बहादुर श्रेष्ठले नेपालका उदियमान खेलाडीलाई आजको अवस्थामा आईपुग्नका लागि नेपाल ब्याडमिन्टन संघले विभिन्न अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागिताको पहल सहित सहयोग गरेको बताए ।

प्रिन्स दाहाल आजको अवस्थामा आइपुग्न परिवार र बिषेशत उनका मामा कमलेस निरौलको निकैनै सहयोग रहेको भन्दै उनीहरुलाई धन्यवाद प्रदान गर्नुका साथै परिवारको सहयोग विना कुनै पनि खेलाडी अगाडि बढ्न नसक्ने बताए ।

एकेडेमीका अध्यक्ष पाठकले ब्याडमिन्टन खेलको विकास र विस्तारको उद्धेश्यका साथ विगत ५ बर्षदेखि एकेडेमी संचालन गर्दै विभिन्न राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्नुका साथै प्रिन्स दाहाल मात्र नभई रत्नजित तामाङ्ग लगायत विभिन्न खेलाडीहरुलाई सम्मान गर्दै आइरहेको बताए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com