१४ माघ २०७७, बुधबार
  • रामगोपाल तमखु

भक्तपुर, १४ माघ । आजबाट भक्तपुरमा पनि कोरोना विरुद्धको खोप लगाउन शुरु भएको छ । भक्तपुरमा आज कोराना विरुद्धको पहिलो खोप भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुमित्रा गौतमले खोप लगाएर अभियानको सुरुवात गरेका हुन ।

भक्तपुर अस्पताले पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शव व्यवस्थापनमा खटिएका कर्माचारी, सुरक्षाकर्मी र अग्रभागमा रहि काम गर्ने कर्माचारीहरुलाई पहिलो प्राथमिकतामा राखेर खोप अभियानको सुरुवाट गरेको अस्पतालले जनाएको छ ।

खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका टोलीको समेत सहभागितामा विहान १० ३० वजे खोप अभियानाको सुरुवाट गरेको हो । अस्पतालले खोप लगाइ सकेपछि १५ देखि २० मिनेट आराम गाराउन ४ वटा शैयाको व्यवस्थापन गरेको छ भने खोप वाट केहि असर देखिएमा तत्काल उपचारका लागि आइसियु सहितको चिकित्सकको व्यवस्थापन गरेको अस्पतालका प्रवक्ता डा. सुनिल ढुङ्घेलले भताउनु भयो ।

पहिलो दिन आज भक्तपुर जिल्लाभरी ८ सय देखि एक हजार जनालाई कोरोना विरुद्धको खोप दिने अस्पतालले जनाएको छ । त्यस्तै जिल्लाभर ४ दिनमा ३५ सय देखि ४ हजार जनालाई खोप लगाउन कार्यक्रम रहेको अस्पताल स्रोतले जनाएकोछ ।

भक्तपुर जिल्लाको चार नगरपालिका मध्य चाँगु नारायण र भक्तपुर नगरपालिकाका लागि भक्तपुर अस्पताल र सुर्यविनायक र मध्यपुर थिमी नगरपालिकाका लागि कोरिया मैत्री नगरपालिका अस्पतालमा थिमिमा खोप केन्द्र तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV