१४ माघ २०७७, बुधबार

काठमाडौं, १४ माघ । भारतले अनुदानमा दिएको कोरोना भाइरसबिरुद्धको १० लाख डोज खोप बुधबारबाट नेपालमा पनि प्रयोगमा ल्याइएको छ ।

बुधबार टेकु अस्पतालका रेडियोलोजिष्ट ८० वर्षीय नेत्रबहादुर अमात्यदेखि अस्पतालका निर्देशकसहित सिनियर चिकित्सकहरुले कोरोना भाइरसबिरुद्धको खोप लगाएका छन् ।

भारतमा ७० प्रतिशशत मानिएको कोभिसिल्ड नामक खोप लगाएका नेपालका चिकित्सकहरुले अरुलालई पनि निर्धक्क भएर खोप लगाउन आग्रह गरेका छन् ।

नेपालमै पहिलो पटक खोप लगाउनु भएका टेकु अस्पतालका निर्देशक डा. सागरराज भण्डारी सहित प्रमुख डा. रुणा झाले पनि खोप लगाइसकेपछि कुनै साइड इफेक्ट नदेखिएको प्रतिक्रिया दिँदै निर्धक्क भएर खोप लगाउन अनुरोध गर्नु भएको छ ।

त्यस्तै टेकु अस्पतालका रेडियोलोजिष्ट ८० वर्षीय नेत्रबहादुर अमात्यले पनि कोभिसिल्ड सुरक्षित भएको प्रतिकृया दिनुभयो । उहाँ कोरोना खोप लगाउने सबैभन्दा बढी उमेरका नेपाली हुनुहुन्छ । उहाँले पनि कोभिसिल्ड सुरक्षित भएकोले ढुक्क भएर खोप लगाउन सुभाव दिनु भएको छ ।

सरकारले भारतबाट केही दिन अघि ल्याएको कोभिसिल्ड खोप पहिलो चरणमा चिकित्सक र कैदीबन्दीलाई दिने सरकारले निर्णय गरेको छ ।

तस्बीर : रिया भण्डारी \ न्यूज २४

प्रतिक्रिया दिनुहोस्

LIVE TV