१४ माघ २०७७, बुधबार

काठमाडौं, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको ‘काेभिडशिल’ खोप सबैले नि:शुल्क पाउने बताउनुभएको छ । बुधबार बिहान खोपको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सबैले कोरोनाविरूद्धकाे खोप नि:शुल्क पाउने बताउनुभएको हो ।

‘हामीले नीति लिएका छौँ,  नेपाली नागरिक वा नेपालमा बसोबास गर्ने व्यक्ति सबैले नि:शुल्क रुपमा यो खोप प्रप्त गर्ने छन्,’ उहाँले भन्नुभयाे, ‘चाहे हामी अनुदानको रुपम प्राप्त गरुँ, जस्तो यसपल्ट हामीले प्राप्त गरेका छौँ, अथवा हामीले किन्न परोस तर हामीले हाम्रा देश बासीलाई यो खोप नि:शुल्क विना भेदभाव प्राथामिकताका आधारमा उपलब्ध गराउने छौँ ।’

उहाँले छोटो चरणमै देशव्यापी रुपमा खोप अभियान शुभारम्भ गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोभिड विरुद्वको लडाइँलाई माथि उठाएका छौँ। खोपमार्फत् यसलाई पराजित गर्न मूर्त रुपमा थालनी गरेका छौँ ।’

उहाँले गएको एक वर्ष निकै कठिन भएको समेत उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘महामारीका रुपमा फैलिएको कोरोना भाइरसले आंशका, भयबीच चिकित्सक, नर्स, सुरक्षाकर्मी लगायतले गरेको समर्पणको उच्च मूल्याकन गर्दछु।’

सरकारले कोरोनाभाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप अभियान आजबाट सुरू गरेको छ । प्रधानमन्त्री ओलीले बिहान साढे १० बजे भर्चुअलमार्फत खोपको शुभारम्भ गर्नुभएको हो ।

पहिलाे चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइने छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV