कोपा इटालिया : एसी मिलानलाई हराउँदै इन्टर मिलान सेमिफाइनलमा
एजेन्सी, १४ माघ । इन्टर मिलान कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरको छ । गएराति भएको खेलमा एसी मिलानलाई २ १ गोल अन्तरले पराजित गर्दै इन्टर सेमिफाइनलमा प्रवेश गरेको हो ।
इन्टरलाई कठिन जित दिलाउनको लागि रोमेलु लुकाकु र क्रिस्टियन एरिक्सनले एक एक गोल गरे । ज्लाटन इब्राहिमोभिचको गोल सान्त्वना बन्यो ।
एसी मिलानले खेलको ३१औं मिनेटमा ज्लाटनको गोलबाट अग्रता लिएको थियो । तर मिलानले उक्त अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन ।
५७ औं मिनेटमा ज्लाटन दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि मिलान समस्यामा परेको थियो । कोलारोभमाथि फल गरेपछि रेफ्रीले ज्लाटनलाई रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए ।
७१औं मिनेटमा रोमेलु लुकाकुले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । पेनाल्टी बक्समा राफयल लियोले निकोलो बरेल्लालाई फल गरे इन्टरले पेनाल्टी पाएको थियो ।
९०औं मिनेटमा क्रिस्टियन इरिक्सनले गोल गर्दै इन्टरलाई २–१ को जित दिलाए ।