१३ माघ २०७७, मंगलवार

काठमाडौं, १३ माघ । काठमाडौंस्थित भारतीय राजदूतावासले  आज भारतको ७२ औं गणतन्त्र दिवस मनाएक छ । सो अवसरमा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले झण्डोत्तोलन गरी भारतको राष्ट्रिय झण्डा फहराउनुभयो र त्यसपश्चात भारतका माननीय राष्ट्रपतिको सन्देश पढेर सुनाउनुभयो ।
उक्त दिवसको अवसरमा राजदूतद्वारा वीर नारी, मृतक सैनिकका श्रीमती र मृतक सैनिकका निकटतम नातेदारलाई नेरु ३।६८ करोड नगद तथा कम्मल वितरण गरी सम्मान गरियो । राजदूतावासले नेपालका ५० पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक उपहारस्वरुप प्रदान ग¥यो ।सोहि दिन राजदूतले इंडिया हाउसमा स्वागत समारोहको आयोजना गर्नुभयो । नेपालका माननीय परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली सो समारोहको मुख्य अतिथिका रुपमा सरिक हुनुहुन्थ्यो । सो समारोहमा नेपालका भूतपूर्व सम्माननीय राष्ट्रपति रामवरण यादवले वेबसाइटको शुभारम्भ गर्नुभयो ।

समारोहमा भारतमा अध्ययन गरेका नेपालका शीर्ष नेता, अधिकारी, पत्रकार तथा चर्चित व्यक्तित्वहरुको उपस्थिति थियो । भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन उहाँहरुले पु¥याउनुभएको योगदानलाई कदर गर्दै उहाँहरुलाई सम्मान गरियो । भारतीय राजदूतावासद्वारा आयोजित फोटो प्रतियोगिताका तीन उत्कृष्ट प्रतियोगीलाई चेक तथा प्रमाणपत्र प्रदान गरियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV