१३ माघ २०७७, मंगलवार
  • दान बहादुर बुढा,

जुम्ला, १३ माघ । जुम्लाको तिला गाउँपालिका–६ को गोठीगाउमा भीषण आगलागी भएको छ । मंगलबार (आज) लागेको उक्त आगलागीबाट ३० घर जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी माधव प्रसाद काफ्लेका अनुसार अहिलेसम्म पनि उक्त नियन्त्रणमा आउन सकेको छैन ।

आगलागी भएको जानकारी प्राप्त भएसँगै नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली घटना स्थलतर्फ पठाइएको छ ।

डीएसपी काफ्लेका अनुसार तिला गाउँपालिकामा रहेको प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ । स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

त्यहाँ पानीको समस्या भएको कारण पनि आगो नियन्त्रणमा ल्याउन समस्या भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV