१३ माघ २०७७, मंगलवार
  • कविन्द्र शेर्मा,

पाँचथर, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष माधवकुमार नेपालले संसद विघटनका विरुद्ध जुट्न सबैलाई आव्हान गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंबैधानिक कदम चालेकाले संसद विघटविरुद्ध सबै जना जुट्न पर्ने अध्यक्ष नेपालले बताउँनु भयो । जनताको बलिदानपूर्ण आन्दोलनबाट प्राप्त संविधान र संघीय गणतन्त्र नै धरामा परेकोले आन्दोलनमा जुट्न समेत अध्यक्ष नेपालले आग्रह गर्नु भयो ।

कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य जनार्दन शर्माले आफूहरुको नेकपा मात्र आधिकारीक भएको दावी गर्नु भयो । प्रधानमन्त्री केपी ओलीको नेकपा एउटा झुण्ड मात्र भएको उहाँको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV