१३ माघ २०७७, मंगलवार

काठमाडौं, १३ माघ । सामाजिक संजालमा भाइरल भएका अर्जुन बिकलाई नियन्त्रणमा लिएको छ ।बिक जबरजस्ती करणी, अपहरण र शरीर बन्धकको आरोपमा पक्राउ परेका हुन् । उनीमाथि विसं २०७३ जेठ ३० देखि २०७७ साउन १५ गतेसम्म जबरजस्ती करणी, अपहरण र शरीर बन्धकको अभियोग लागेको छ ।

केहि समय अगाडि दुई वर्षीय छोरालाई पिठ्युमा बोकेर रिक्सा चलाएको फोटो सामाजिक संजालमा भाइरल भएपछि उनको जीवन परिर्वतन भएको छ । उनी एकपछि अर्को म्युजिक भिडियामा देखिन थालेका छन् ।

१३ वर्षको उमेरमा बिहे गरेर १५ वर्षमा छोरा जन्माएकी श्रीमती पोइला गएको भन्दै बिक सामाजिक संजाल र युट्युबमा भाइरल भएका थिए् । अर्जुनलाई काठमाडौं नयाँ बानेश्वरबाट पक्राउ गरेर कैलाली ल्याइएको जनाइएको छ । अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनलाई नियन्त्रणमा लिएको बताइएको छ।

बिकविरुद्ध गत भदौ ११ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा अभियोग दर्ता भएको थियो । अभियोगपत्रमा उनले बन्धक बनाएर राखेको र बलात्कार गरिएको उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV