१३ माघ २०७७, मंगलवार
  • तस्वीर : महेश्व के.सी.,

काठमाडौं, १३ माघ । प्रतिनिधिसभा विघटनको विरोधमा दाहाल–नेपाल समूहले काठमाडौमा सिटी जुलुस निकालेको छ । मंगलबार (आज) केन्द्रीय संघर्ष समितिको तेस्रो चरणको आन्दोलको कार्यक्रमअनुसार सिटी जुलुस निकालेको हो ।

आज नेकपाको दाहाल–नेपाल समूहका नेता, कार्यकर्ताहरु लैनचौरमा भेला भएर सिटी जुलुस निकालेका हुन् ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भंग गरेर वैशाखमा निर्वाचन घोषणा गरेपछि नेकपा दुई समूहमा विभाजन भइसकेको छ ।

दाहाल–नेपाल समूहले संसद् पुनस्र्थापनाको मागसहित चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV