१३ माघ २०७७, मंगलवार
  • सुरेश श्रेष्ठ

दाङ, १३ माघ । तुल्सिपुर नगर जेसिजको आयोजनामा आज विद्यार्थी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । तुल्सिपुरनगर जेसिज बर्ष २०२१ का अध्यक्ष जेसि नेत्रलाल भट्टराई नारायणको अध्यक्षतामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

तुल्सिपुर उपमहानगरपालिका निमित्त प्रशासकीय प्रमुख भास्कर गौतम, साइकोलोजिस्ट डा। सुशील कडेल र इ।प्र।का तुल्सिपुरका प्रमुख डिएसपि शिव बहादुर सिहको उपस्तिथतीमा १६ वटा बिद्यालयका ७३८ विद्यार्थीहरुलाई अभिमुखिकरण दिइएको हो ।

प्रमुख प्रशिक्षक डा। कडेलले विद्यार्थीहरुलाइ मोबाईल प्रयोगको बारेमा सचेतना गराउनुको साथै पढाइलाइ कसरी अघि बढाउने बारेमा प्रशिक्षण गर्नुभएको थियो । त्यस्तै डीएसपी शिव बहादुर सिंहले साइबर क्राइमको बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV