१३ माघ २०७७, मंगलवार
  • कविन्द्र शेर्मा

पाँचथर, १३ माघ । नेकपाका नेता एवम प्रदेश १ का पूर्वआर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वो ‘मौसम’ले अबकाे नेकपा आन्दोलनले केपी ओली जस्तो भष्मासुर नेता जन्माउन नहुने बताउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीमा प्रतिगमनता हावी भएको बताउदै अब नेपालको कम्युनिष्ट आन्दोलनले ओली जस्तो नेता जन्माउन नहुने आङ्वोको जिकीर थियो ।

उहाँले भन्नुभयो, ‘हामीले नेपालको कम्युनिष्ट आन्दोलनमा फेरिपनि केपी ओली जस्तो भष्मासुर नेता जन्माउन नपरोस् ।’

उहाँले आफूहरुले मेहनत गरेर ओलीलाई नेता, पार्टी अध्यक्ष र प्रधानमन्त्री बनाएको तर कुर्सी र सत्तामा पुगेपछि कम्युनिष्ष्ट आन्दोलनलालई नै खतम गरेको आरोप लगाउनु भयो । त्यस्तै प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलनबाट हालसम्म प्राप्त उपलब्धीहरुलाई नै खतम पारिदिएको आरोप लगाउनु भयो ।

प्रधानमन्त्री आोलीको गतिविधी र हर्कतले दुखका साथ निर्माण गरेको कम्युनिष्ट नेतृत्वको अर्थहीन बनाएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्राप्त उपलब्धीलाई गिराउने गतिविधी र हर्कत नेतृत्वले गर्यो भने यो दुखका साथ निर्माण गरेको हाम्रो नेतृत्वको कुनै अर्थ हुँदैन, जो प्रधानमन्त्री केपी ओलीबाट भयो।’

केपी ओली लोकतन्त्र र संविधान बिरोधीलाई घुँडा टेकाउन अब बन्ने कम्युनिष्ट पार्टीमा विधी र पद्धति टेकेको साथै साँच्चै विचार र सिद्धान्तमा आधारित हुनुपर्ने बताउनु भयो । प्रधानमन्त्री ओलीको प्रतिगामी बिरुद्धको लडाइ र क्रान्तिकारी पार्टी निर्माण गरेर बैचारिक र संगठनात्ममक श्रेष्ठता सावित गर्नका लागि निरन्तर जनताको साथमा रहने उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV