१३ माघ २०७७, मंगलवार

एजेन्सी, १३ माघ । चीनको सुनखानीमा फसेका १० कामदार मृत भेटिएका छन् । दुई हप्तासम्म खानीको सुरुङ्गमा फसेका ११ कामदारलाई जीवितै उद्धार गरिए पनि अरु १० जना भने मृत भेटिएका हुन् ।

शाङ्डोङ्ग प्रान्तको सुनखानीमा खानी मजदुर दुई हप्ता पहिले फसेका थिए । फसेका मध्ये ११ जनालाई झण्डै दुई हप्तापछि जीवितै उद्धार गरिएको थियो । तर १० जनाको भने शव भेटिएको चिनियाँ टेलिभिजन सिसिटिभीले जनाएको छ । एकजना अझै बेपत्ता छन् ।

जीवितै उद्धार गरिएका एकजनाको गएको हप्ता उपचारको क्रममा निधन भएको थियो । सुरुङको प्रवेशद्वार भत्किँदा गएको जनवरी १० मा हुशान खानीमा मजदुर फसेका थिए । आइतबार ११ जनालाई जीवितै उद्धार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV