१३ माघ २०७७, मंगलवार

काठमाडौँ, १३ माघ । ‘विज्ञापन सँगसँगै सुरक्षा’ भन्ने नीतिलाई अबलम्बन गरेरे नेपालमा पहिलो पटक डीएसआर मल्टिमिडिया कम्पनीको अफिसियली सुरुवात भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच डीएसआर मल्टिमिडियाले ‘डिजिटल विज्ञापन’को सुरु गरेको हाे ।

ट्याक्सी व्यवसायीको समयस्यालाई मध्यनजर गरी ट्याव जडान सुरू गरेकाे डीएसआर मल्टिमिडियाका प्रबन्ध निर्देशक मोहना मोथे खनालले बताउनुभयो । केही समय अघि नै ट्याक्सीहरुमा ट्याब जडान गरेपनि काेभिड-१९ महामारीका कारण अफिसियली सुरुवात केही ढिलाे भएकाे खनालले बताउनुभयो ।

ब्रिटेन, दुबई, माल्दिभ्स्, पाकिस्तानमा सकेत कार्यक्षेत्र बनाइसकेको अमेरिकन कम्पनीको नेपालमा पहिलो पटक लञ्च गरिएको हो । ट्याबमार्फत टयाकिङ सिस्टम सहितको डिजिटल एडर्भटाइजिक कम्पनी नेपालमा पनि सुरु गरेको हो ।

आउटडोर र घरबाट नेपाली विज्ञापनको क्षेत्रमा पृथक र इनोभेटिभ तरिकाले सुरु गरिएको यस कम्पनीले सिर्जनात्म विज्ञापनलाई प्राथकिमता दिइने कम्पनीले बताएको छ । ट्याक्सीको लोकेशन ट्याक हुने र गुडिरहेको छ छैन भन्ने पनि ट्याक हुनेछ, जसबाट ट्याक्सी दुर्घटना र असुरक्षाबाट जोगाउने कम्पनीले जनाएको छ ।

विज्ञापनलाई विश्वव्यापीकरणमा कम्पनीले सहयोग पुर्याउने कम्पनीको विश्वास रहेको छ ।

तश्वीर : महेश्वर के.सी. / न्यूज २४ नेपाल 

प्रतिक्रिया दिनुहोस्

LIVE TV